काठमाडौं । माइतीघर मण्डलमा घाइते 'जेनजी' समूह पुगेर धर्नामा बसेका छन् । शुक्रबार नेकपा (एमाले) ले गर्न लागेको कार्यक्रमअघि नै घाइते जेनजी माइतीघर भेला भएका हुन् ।
आज नै एमालेले माइतीघरबाट नै युथ भोलिन्टियर्स गठन गर्ने जनाएको छ । तर, गएको भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा घाइते भएकाहरू माइतीघर पुगेका हुन् । दुवै समूह आपसमा भेट हुँदा हुन सक्ने सम्भावित खतरालाई मध्यनजर गरेर ठूलो सख्यामा प्रहरी परिचालन गरेको छ । धर्नामा बसेका जेनजीहरूले भने जोसुकै आए पनि आफूहरू पछि नहट्ने बताएका छन् ।
