शुक्रबार, मंसिर ७ गते २०८२

‘सी’ डिभिजन लिग क्वालिफायर्स : बुद्धि विकास र वीरगञ्जले अंक बाँडे

‘सी’ डिभिजन लिग क्वालिफायर्स : बुद्धि विकास र वीरगञ्जले अंक बाँडे

अखबार दैनिक
शुक्रबार, मंसिर ७ २०८२
  • ‘सी’ डिभिजन लिग क्वालिफायर्स : बुद्धि विकास र वीरगञ्जले अंक बाँडे

    काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग क्वालिफायर्समा बुद्धि विकास मण्डल र वीरगञ्ज युथ स्पोर्टसले अंक बाँडेका छन् । शुक्रबार क्वालिफायर्सअन्तर्गत सातदोबोटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा बुद्धि विकास र वीरगञ्जले गोलरहीत बराबरी खेलेका हुन् ।

    यो नतिजासँगै समूह ‘डी’ मा रहेका बुद्धि विकास र वीरगञ्जले पहिलो अंक जोडेका छन् । प्रतियोगितामा कुल ३९ टिमको सहभागिता रहेको छ । ‘लिग कम नकआउट’ प्रणालीअनुसार खेलाइने यो प्रतियोगितामा यी टिमहरूलाई १३ समूहमा विभाजन गरिएको छ । जसको फाइनलिस्ट टोलीले ‘सी’ डिभिजन लिग क्लबको हैसियत बनाउनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ