शुक्रबार, मंसिर ७ गते २०८२

मंसिरभित्रै राष्ट्रियसभाको अधिवेशन आह्वान हुन्छ : अध्यक्ष दाहाल

मंसिरभित्रै राष्ट्रियसभाको अधिवेशन आह्वान हुन्छ : अध्यक्ष दाहाल

अखबार दैनिक
बिहीबार , मंसिर ६ २०८२
  • मंसिरभित्रै राष्ट्रियसभाको अधिवेशन आह्वान हुन्छ : अध्यक्ष दाहाल

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिर महिनाभित्र राष्ट्रियसभाको अधिवेशन आह्वान हुने बताएका छन् ।बिहीबार निर्माणाधीन संसद भवनको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले मंसिर महिनाभित्र राष्ट्रियसभाको अधिवेशन बोलाउने गरी तयारी भइरहेको बताए । आगामी अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्न नसकिने उनको भनाइ छ ।

    नयाँ संसद भवनको काम रफ्तारमा अघि बढे पनि अझै सम्पन्न नभएको उनको भनाइ छ । यसका लागि सबैले ताकेता गर्न जरुरी रहेको उनले बताए । आगामी प्रतिनिधिसभाको बैठकका लागि झनै समस्या हुने उल्लेख गर्दै उनले राष्ट्रियसभाको अबको अधिवेशन कृषि समितिको हलबाट सञ्चालन गर्ने गरी तयारी थालेको बताए ।

    "यो ठाउँबाट त अहिलेको अधिवेशन सम्भव छैन । यो मंसिरभरमा राष्ट्रियसभाको बैठक बोलाउनुपर्छ भन्ने लागेको हो । त्यो भएकाले कृषि समितिको हलमा काम सुरु गर्ने गरी तयारी थालेका छौँ । प्रतिनिधिसभालाई झनै बढी खाँचो परिसक्यो । जतिसक्दो छिटो बनाउनुपर्छ भन्ने ताकेता हो," दाहालले भने, "केही प्रगति भएको अनुभूति भएको छ । अझ रफ्तारमा लैजानुपर्छ । वैशाखसम्म प्रतिनिधिसभा सञ्चालनको लागि रफ्तार बढाउनुपर्छ ।’ न्युज एजेन्सी नेपाल


     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार