शुक्रबार, मंसिर ७ गते २०८२

भारत र बंगलादेशमा शक्तिशाली भूकम्पको धक्का

भारत र बंगलादेशमा शक्तिशाली भूकम्पको धक्का

अखबार दैनिक
शुक्रबार, मंसिर ७ २०८२
  • भारत र बंगलादेशमा शक्तिशाली भूकम्पको धक्का

    काठमाडौँ । भारत र बंगलादेशमा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस)का अनुसार बंगलादेशको टुंगी भन्ने स्थान नजिकै केन्द्रबिन्दु रहेको भूकम्प ५.६ रेक्टरस्केल तीव्रताको थियो ।

    भारतमा पनि यो भूकम्पको धक्का महसुस गरिएको थियो । स्थानीय समय अनुसार शुक्रबार बिहान १० बजेर १० मिनेटको समयमा भारतको पश्चिम बंगाल र आसपासका राज्यमा भूकम्पको धक्का महसुस गरिएको हो ।

    भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण अहिलेसम्म दुवै मुलुकबाट प्राप्त भएको छैन । यसअघि पाकिस्तामा पनि बिहान स्थानीय समय अनुसार ३ बजेर ९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो । पाकिस्तानमा भने ५.२ रेक्टरस्केल तीव्रता मापन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार