बुधबार, मंसिर ५ गते २०८२

दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्ः ओली

दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्ः ओली

अखबार दैनिक
बुधबार, मंसिर ५ २०८२
  • दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्ः ओली

    नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

    काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्तै छाड्नुस् । बोल्नै नपाउने पनि हुन्छ ? मानव अधिकार आयोगले समेत भनिसेकेको छ, बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर । मानव अधिकार आयोगले समेत भनिसक्यो,’ ओलीले भनेका छन् ।

    उनले दुर्गा प्रसाईंले दिउँसो सार्वजनिक गरेको भिडियोकै आधारमा रातारात सरकारले पक्राउ गरेको भन्दै आपत्ति जनाए । प्रसाईंले भएकै कुरा भिडियोमार्फत सार्वजनिक गरेको ओलीको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ