मंगलबार, मंसिर ४ गते २०८२

संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली

संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली

अखबार दैनिक
मंगलबार, मंसिर ४ २०८२
  • संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटनविरुद्ध आफ्नो पार्टीले कानुनी उपचार र शान्तिपूर्ण सङ्घर्षको बाटो रोज्ने बताउनुभएको छ ।विघटित प्रतिनिधिसभाका नेकपा (एमाले) सम्बद्ध सदस्यहरूको बैठकमा आज उहाँले संसद् पुनस्र्थापनाबाट राजनीतिक निकास दिनुपर्ने भएकाले आफूहरू पुनस्र्थापनाका लागि सर्वोच्च अदालतमा रिट लिएर जाने बताउनुभयो ।

    बैठकमा सो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सङ्कटको अवस्थामा एमालेको भूमिका नै देशको भविष्यमा निहित छ भन्नेसबैले बुभ्mनुपर्नेमा जोड दिनुभयो । पार्टीका महासचिव शङ्कर पोखरेलले गत भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो । बैठकमा छलफल जारी छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ