शुक्रबार, कात्तिक ३० गते २०८२

एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेल जनकपुर र काठमाडौंबीच हुने

एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेल जनकपुर र काठमाडौंबीच हुने

अखबार दैनिक
शुक्रबार, कात्तिक ३० २०८२
  • एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेल जनकपुर र काठमाडौंबीच हुने

    नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार तालिका सार्वजनिक गरेको हो । मंसिर १ देखि सुरु हुने खेलको तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रंगशालामा राति फ्लडलाइटमा पनि खेलिने छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज अपरान्ह ४ बजे खेल्ने छन् । तालिकाअनुसार एनपीएलको प्लेअफका ३ तथा फाइनल अनि लिग चरणका १९ खेलहरू हुनेछ । जसमा मङ्सिर २ गते चितवन राइनोज विरुद्ध कर्णाली याक्सले बिहान ११ः४५ बजे र विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले ४ बजे खेल्नेछ ।

    मङ्सिर ३ गते ४ बजेको खेलमा काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले खेल्नेछ भने मङ्सिर ४ गते चितवन राइनोज विरुद्ध लुम्बिनी लायन्सले पनि ४ बजे खेल्दै छ । मङ्सिर ५ गते पोखरा एभेन्जर्स विरुद्ध सुदूरपश्चिम रोयल्सको खेल पनि ४ बज हुने तालिकामा उल्लेख छ । मङ्सिर ६ गते बिहान ११ः४५ को खेलमा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्स र दिउँसो ३ः३० बजेको खेलमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले खेल्नेछ । यस्तै मङ्सिर ७ गतेभने कुनै खेल नहुँदा मङ्सिर ८ गते जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध बिहान ११ः४५ को खेल खेल्नेछ । सोही दिन ४ बजेको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्सको खेल हुने छ । मङ्सिरको ९ गते ४ बजको खेलमा काठमाडौँ गोर्खाजविरुद्ध लुम्बिनी लायन्सले खेल्नेछ भने मङ्सिरको १० गते विराटनगर किङ्ग्सविरुद्ध चितवन राइनोजले ४ बजको खेल खेल्ने तय भएको हो ।

    मङ्सिर ११ गते बिहान ११ः४५ को खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले खेल्नेछ भने ४ बजेको खेल जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले खेल्ने छ । यस्तै मङ्सिर १२ गते चितवन राइनोजविरुद्ध काठमाडौं गोर्खाजले बिहान ११ः४५ को खेल खेल्दा ४ बजेको खेल कर्णाली याक्सविरूद्ध विराटनगर किंग्सले खेल्ने तालिकामा उल्लेख छ । मङ्सिर १३ गते बिहान ११ः४५ को खेल पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स र दिउँसो ३ः३० बजेको खेल सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध खेल्ने तालिका सार्वजनिक भएको छ । यस्तै मङ्सिर १४ गते काठमाडौँ गोर्खाजवरुद्ध कर्णाली याक्सले ३ः३० बजे खेल्ने छ ।

    तर, मङ्सिरको १५ गते कुनै पनि खेलतालिका नहुँदा मङ्सिरको १६ गतेभने बिहान ११ः४५ बजे चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्सले खेल्दा ४ बजेको खेल कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले खेल हुनेछ । मङ्सिर १७ गते विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले ४ बजे खेल्दा मङ्सिर १८ गते पोखरा एभेन्जर्सविरुद्ध काठमाडौँ गोर्खाजले ११ः४५ बजे र ४ बजेको खेल सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले खेल्ने छ ।

    मङ्सिर १९ गते ४ बजेको खेल लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स र २० गते सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सले ११ः ४५ बजेर खेल्दा ३ः३० बजेको खेल चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले खेल्नेछ । यस्तै लिग चरणको अन्तिम खेल मङ्सिर २१ गते कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले दिउँसो ३ः३० बजे खेल खेल्नेछ । यस्तै मङ्सिर २३ गतेबाट सुरुहुने प्लेअफ चरणको ३ निर्णायक खेलमा लिग चरणपछि शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् । जस्मा मङ्सिर २३ गतेकोे पहिलो क्वालिफायर खेलमा पहिलो र दोस्रो स्थानमा पुगेका टोलीबीच प्रत्यक्ष भिडन्त हुने छ भने मङ्सिर २४ गते बुधबार एलिमिनेटर तेस्रो र चौथो स्थानका टोलीबीच खेल हुने तालिका रहेको छ । यसैगरी मङ्सिर २५ गते बिहीबार क्वालिफायर २ हुने छ । जसमा क्वालिफायर १ मा हार्ने र एलिमिनेटरका विजेता बीच अन्तिम फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । यस्तै एनपिएल दोस्रो सिजनको फाइनल खेलभने मंसिर २७ गते शनिबार दिउँसो ३ः३० बजे हुनेछ ।

    580583236_122174137442455690_3488956204111858026_n_satq4UlRht.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार