सोमबार, भदौ ३१ गते २०८१

भारतमा कारोना संक्रमणको संख्या ४५ लाख ५९ हजार ७२५ पुग्यो

भारतमा कारोना संक्रमणको संख्या ४५ लाख ५९ हजार ७२५ पुग्यो

अखबार दैनिक
शुक्रबार, भदौ २६ २०७७
  • भारतमा कारोना संक्रमणको संख्या ४५ लाख ५९ हजार ७२५ पुग्यो

    २६, भदौं , काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमित एकैदिन अहिलेसम्मकै बढी थपिएका छन् । दैनिक रेकर्ड तोडिँदै जाँदा बिहीबार एक लाख नजिक पुगेका हुन् । 

    images

    बिहीबार ९६ हजार ७६० जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । बुधबार ९५ हजार ५२९ जना संक्रमित थपिएका थिए । 

    यसअघि सोमबार आइतबारको तुलनामा १७ हजारले कमी आए पनि मंगलबार भने सोमबारको तुलनामा १४ हजारले बढेका थिए । 

    भारतमा संक्रमित थपिनुमा परीक्षण पनि दैनिक लाखौंको संख्यामा हुनु हो । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४५ लाख ५९ हजार ७२५ पुगेको छ ।  

    हाल ९ लाख ४२हजार ७९६ जना सक्रिय संक्रमित भारतमा रहेका छन् । 

    बिहीबार ७० हजार ८९९ जनालाई निको भएको छ । बुधबार ७३ हजार ५७ जनालाई निको भएको थियो । मंगलबार ७४ हजार ६०७ जनालाई निको भएको थियो । 

    हालसम्म ३५ लाख ३९ हजार ९८३ जना कोरोनामुक्त भएका छन् । 

    बिहीबार १ हजार २१३ जनाको ज्यान गएको छ । बुधबार १ हजार १६८ जनाको ज्यान गएको थियो । मंगलबार १ हजार १०७ जनाको ज्यान गएको थियो । सोमबार १ हजार १२९ जनाको ज्यान गएको थियो । आइतबार १ हजार ८ जनाको ज्यान गएको थियो ।

    अहिलेसम्म ज्यान गुमाउने संक्रमितको संख्या ७६ हजार ३०४ पुगेको छ । 

    भारतमा संक्रमितको संख्या बढे पनि अधिकांश क्षेत्रमा सार्वजनिक यातायात, रेल सेवा एवं हवाई सेवा खुलेको छ । 

    सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा ९ लाख ९० हजार ७९५ जना संक्रमित हुँदा ज्यान गुमाउने २८ हजार २८२ पुगेका छन् । त्यहाँ ७ लाख बढीलाई निको भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ