शनिबार, जेठ ५ गते २०८१

डी ब्रुइनलाई वर्ष खेलाडी अवार्ड

डी ब्रुइनलाई वर्ष खेलाडी अवार्ड

अखबार दैनिक
बुधबार, भदौ २४ २०७७
  • डी ब्रुइनलाई वर्ष खेलाडी अवार्ड

    २४ भदौं काठमाण्डौं, एजेन्सी । म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुइनलाई वर्ष खेलाडी अवार्ड प्रदान गरिएको छ । प्रोफेसनल फुटबलर्स एसोसिएसन (पीएफए) ले उनलाई २०१९-२० को वर्ष खेलाडी अवार्डबाट सम्मानित गरेको हो ।

    images

    यस सिजनको प्रिमियर लिग उपाधि लिभरपुलले जितेको थियो । सिटी लिगको दोस्रो स्थानमा रहँदै लिगको अन्त्य गरे पनि डी ब्रुइनको प्रदर्शन भने उत्कृष्ट थियो ।

    बेल्जियमका अन्तर्राष्ट्रिय खेलाडी डी ब्रुइनले यस सिजनमा १८ गोल गर्दा २३ असिस्ट गरेका थिए । उनले एकल प्रिमियर लिग सिजनमा सर्वाधिक असिस्ट गर्ने खेलाडीको कीर्तिमानसमेत बनाएका थिए । यसअघि आर्सनलका थिएरी हेन्रीले २० असिस्ट गरेका थिए ।

    उनले आफ्नो टोलीका सहकर्मी रहिम स्टर्लिलिङ र लिभरपुलका जोर्डन हेन्डरसन, भर्जिल भ्यान डाइक, साडियो माने र ट्रेन्ट अलेक्ज्यान्डरलाई पछि पार्दै उपाधि जितेका थिए । अलेक्ज्यान्डरले पीएफए युवा वर्ष खेलाडीको अवार्ड जिते ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार