शनिबार, चैत ३० गते २०८१

एनओसीले सबै ओलम्पियन खेलाडी, सदस्य तथा कर्मचारीको समेत कोरोना बीमा गर्ने

एनओसीले सबै ओलम्पियन खेलाडी, सदस्य तथा कर्मचारीको समेत कोरोना बीमा गर्ने

अखबार दैनिक
आइतबार, भदौ २१ २०७७
  • एनओसीले सबै ओलम्पियन खेलाडी, सदस्य तथा कर्मचारीको समेत कोरोना बीमा गर्ने

    २१ भदौ काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने भएको छ ।

    images

    एनओसीको शनिबार बसेको भर्चुअल बैठकले नेपालका सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने निर्णय गरेको हो ।

    यस्तै बैठकले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी, प्रशिक्षक, एनओसीका सदस्य तथा कर्मचारीको समेत कोरोना बीमा गर्ने निर्णय गरेको छ ।

    एनओसीले कोरोना संक्रमित महासचिव निलेन्द्र राज श्रेष्ठसहित अन्य ४ कर्मचारी कोरोनामुक्त भएकोसमेत जनाएको छ । यसैगरी कोरोना संक्रमित नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता तथा ओलम्पियन जित बहादुर केसीलाई स्वास्थ्यलाभको कामना गरेको छ ।

    यस्तै एनओसी बैठकले एनओसीको मेडिकल कमिसनका अध्यक्ष डा. सरोज कृष्ण श्रेष्ठलाई लकडाउनपछि संघको कार्यालय संचालनका लागि नयाँ सुरक्षा प्रोटोकल तयार गर्न भनेको छ ।
    एनओसीले सबैलाई डब्ल्यूएचओ र नेपाल सरकारको गाइडलाइन्स पालना गर्नसमेत आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ