सोमबार, असोज २८ गते २०८२

भारतको हिमाचल प्रदेशमा पहिरोमा बस पुरिदा १५ जनाको मृत्यु

भारतको हिमाचल प्रदेशमा पहिरोमा बस पुरिदा १५ जनाको मृत्यु

अखबार दैनिक
बुधबार, असोज २३ २०८२
  • भारतको हिमाचल प्रदेशमा पहिरोमा बस पुरिदा १५ जनाको मृत्यु

    हिमाचल प्रदेशको बिलासपुरमा पहिरोमा बस पुरिदा १५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा  ​दुई बालबालिका , चार महिला  र ९ पुरूष रहेको बिलासपुरका प्रहरी उपरीक्षक एसपी सन्दीप धवलले जानकारी दिएका छन्।  उनका अनुसार दुर्घटनास्थलबाट स्थानीय र उद्धार टोलीले दुई बालबालिकासहित १८ जनालाई उद्धार गरेका थिए।

    प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै  मृत्यु हुनेका परिवार र घाइतेहरूलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट क्षतिपूर्ति दिने घोषणा गरेका छन्। प्रधानमन्त्री मोदीले भनेका छन्, 'हिमाचल प्रदेशको बिलासपुरमा भएको दुर्घटनामा भएको ज्यान गुमाउनुपरेकोमा म दुःखी छु। यस कठिन समयमा दुर्घटनाबाट प्रभावित व्यक्तिहरू र उनीहरूका परिवारप्रति मेरो समवेदना।' प्रधानमन्त्री राष्ट्रिय राहत कोषले प्रत्येक मृतकको परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५०,००० रुपैयाँ क्षतिपूर्ति प्रदान गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ