सोमबार, भदौ ३१ गते २०८२

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा पुनःआजदेखि सुरु

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा पुनःआजदेखि सुरु

अखबार दैनिक
सोमबार, भदौ ३१ २०८२
  • जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सेवा पुनःआजदेखि सुरु

    जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवरुद्ध सेवा आजदेखि सुरुआत गरेको छ । जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी हुँदा सेवा अवरुद्ध भएका थिए ।

    सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार तोडफोडका कारण कार्यालयमा विद्युत्, इन्टरनेट र नागरिकता प्रणालीमा क्षति पुगेको थियो । मर्मत गरेर कार्यालयका सेवा थालिएको उहाँले बताउनुभयो ।

    तोडफोड र आगजनीका कारण नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानीसँग सम्बन्धित सबै काम अवरुद्ध भएका थिए । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार