सोमबार, भदौ ३१ गते २०८२

नवनियुक्त तीन मन्त्रीहरुले लिए शपथ

नवनियुक्त तीन मन्त्रीहरुले लिए शपथ

अखबार दैनिक
सोमबार, भदौ ३१ २०८२
  • नवनियुक्त तीन मन्त्रीहरुले लिए शपथ

    काठमाडौं । राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरुले शपथ लिएका छन् ।  प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्  ।

    जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि  शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो । त्यसैले गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवास भित्रै भएको थियो  ।आज चाहिँ खण्डहर कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रमको व्यवस्थापन मिलाइएको हो ।

    आजको शपथमा अन्य अतिथीहरुलाई पनि बोलाइएको छ । सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरु पनि शपथमा उपस्थित छन् । आज तीन मन्त्रीहरु अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, भौतिक योजान र सहरी विकासमन्त्री  कुलमान घिसिङ र  गृह र कानुनमन्त्री  ओमप्रकाश अर्यालको शपथ भएको हो । घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार