सोमबार, भदौ ३१ गते २०८२

काठमाडौं उपत्यकामा विद्यालयहरू पुनः सञ्चालनमा

काठमाडौं उपत्यकामा विद्यालयहरू पुनः सञ्चालनमा

अखबार दैनिक
सोमबार, भदौ ३१ २०८२
  • काठमाडौं उपत्यकामा विद्यालयहरू पुनः सञ्चालनमा

    काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा आएका छन् ।जेनजी समूहको आन्दोलनका कारण भदौ २३ गतेदेखि बन्द रहेका विद्यालयहरू सुरक्षा अवस्था केही सहज भएपछि आजबाट पुनः खुल्न थालेका हुन् ।

    गत हप्ता काठमाडौं लगायतका शहरी क्षेत्रमा जेनजी समूहको आन्दोलन उग्र बनेपछि सुरक्षा निकायको सिफारिसमा विद्यालयहरू बन्द गर्नुपर्ने अवस्था आएको थियो । अभिभावक र शिक्षकहरूमा चिन्ता बढेपछि शिक्षण संस्थाहरूले केही दिनका लागि पठनपाठन स्थगित गरेका थिए ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परिस्थिति सुधारिएको भन्दै विद्यालयहरू पुनः सञ्चालन गर्न सकिने जानकारी दिएको छ । यससँगै अधिकांश निजी तथा सरकारी विद्यालयहरूले आजबाट नियमित कक्षाहरू सञ्चालन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार