सोमबार, कात्तिक ५ गते २०८२

म कारागार फर्किन्छुः टोपबहादुर रायमाझी

म कारागार फर्किन्छुः टोपबहादुर रायमाझी

अखबार दैनिक
बिहीबार , भदौ २७ २०८२
  • म कारागार फर्किन्छुः टोपबहादुर रायमाझी

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेर अहिले निस्केका टोपबहादुर रायमाझीले आफू कारागार फर्कन तयार रहेको बताएका छन् । कारागार प्रशासन स्रोतकाअनुसार रायमाझीले टेलिफोन सम्पर्क गरी आफू कुनै पनि कारागार फर्कन तयार रहेको बताएका हुन् । रायमाझीले नै आफू आउन तयार रहेको बताए पनि अहिले नआउन भनिएको कारागार स्रोतले बतायो ।

    ‘ठीक छ हाम्रै सम्पर्कमा रहनु होला । परिस्थिति सबै मिलेपछि खबर गर्छौं भनेर भनेका छौं,’ कारागार प्रशासन स्रोतले भन्यो । रायमाझी सुन्धारास्थित केन्द्रीय कारागारमा थिए । ३८ सय कैदीबन्दी रहेको यो कारागारबाट ३३ सय जति फरार भएका थिए । सुन काण्डमा मुख्य नाइके चुडामणि उप्रेती गोरे पनि फरार भएका थिए ।

    यसरी फरार भएका मध्ये केही कैदीबन्दी भने कारागार फर्किसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ