आइतबार, भदौ ३० गते २०८२

सुनको भाउ घट्यो, चाँदी स्थिर

सुनको भाउ घट्यो, चाँदी स्थिर

अखबार दैनिक
बिहीबार , भदौ २७ २०८२
  • सुनको भाउ घट्यो, चाँदी स्थिर

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार उच्च मूल्यमा पुगेको छापावाल सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँले घटेर २ लाख १४ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो । सोमबार भने सुन प्रतितोला दुई लाख ११ हजार ६ रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको २ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ