नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन गराउने जिम्मेवारी पनि काँधमा आइपरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदमा सपथ खुवाएसँगै उनीमाथि निर्वाचनको जिम्मेवारी आइपरेको हो। प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र संसदीय निर्वाचन गराउनुपर्ने छ। सम्भवतः उनले फागुन महिनाभित्र निर्वाचन गराउनुपर्ने छ।
यसअघि जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ बमोजिम कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए।