बिहीबार , असोज ३ गते २०८१

होम डेलिभरी सेवा नदिने कागज गरेर ८० जना रिहा

होम डेलिभरी सेवा नदिने कागज गरेर ८० जना रिहा

अखबार दैनिक
शुक्रबार, भदौ १२ २०७७
  • होम डेलिभरी सेवा नदिने कागज गरेर ८० जना रिहा

    १२ भदौ, काठमाडौं । निषेधाज्ञा उल्लघंन गर्दै अनलाइनको माध्यमबाट प्रचार गरेर व्यवसाय जारी राखेको भन्दै पक्राउ परेका डेलिभरीब्वाई तथा सञ्चालकलाई प्रहरीले निषेधाज्ञा अवधिभर सेवा बन्द गर्ने कागज गराएर छाडेको छ ।

    images

    उपत्यकाका विभिन्न स्थानबाट बिहीबार दिनभरी पक्राउ परेका ८० जनालाई सेवा बन्द राख्ने कागज गराएर छोडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले अनलाइनखबरलाई बताए । ‘दिनभरी ८० जना पक्राउ परेका थिए, उनीहरुलाई कागज गरेर छोड्न आदेश गरेको छु,’ ज्ञवालीले भने, ‘भोलिदेखि निषेधाज्ञा अवधिभर उनीहरुले सेवा नगर्ने सर्त गराएको छ ।

    नियन्त्रणमा लिइएकाहरुमध्ये कति सञ्चालक थिए र कति डेलिभरीकर्ता थिए भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

    संक्रमणको जोखिम बढाएको भन्दै प्रहरीले बिहीबार दिउँसो आधा दर्जन सञ्चालकसहित ८० जना डेलीभरी तथा टेक अवे सेवाका कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।

    प्रहरीले धरपकड गरेपछि होम डेलिभरी सेवा बन्द भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ