सोमबार, भदौ ३१ गते २०८१

कोरोना भाइरस संक्रमित, मृत्यु र निको हुनेमा भारत अगाडि, कहाँ कति ?

कोरोना भाइरस संक्रमित, मृत्यु र निको हुनेमा भारत अगाडि, कहाँ कति ?

अखबार दैनिक
मंगलबार, भदौ ९ २०७७
  • कोरोना भाइरस संक्रमित, मृत्यु र निको हुनेमा भारत अगाडि, कहाँ कति ?

    ९ भदौं, काठमाडौं । विश्वभर सोमबार २ लाख ११ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिँदा मृतकको संख्या ४ हजार ३ सय बढी रहेको छ । 

    images

    थपिनेमा भारत सबैभन्दा अगाडि रहेको छ । सोमबार भारतमा ५९ हजार ६९६ जना संक्रमितहरु थपिँदा निको हुनेहरु ६६ हजार ३०५ जना रहे । त्यस्तै ज्यान गुमाउने ८५४ जना रहेका छन् । 

    योसंगै भारतमा संक्रमित ३१ लाख ६४ हजार ८८१ जना पुगेका छन् । निको हुनेको संख्या २४ लाख ३ हजार १०१ पुगेको छ ।  अहिलेसम्म ज्यान जानेको संख्या ५८ हजार ५४६ पुगेको छ । समग्रमा भारत तेस्रो स्थानमा रहेको छ । 

    समग्रमा शीर्ष स्थानको अमेरिकामा सोमबार ४० हजार ५३६ जना संक्रमित थपिएर ५९ लाखा १४ हजार ६८२ पुगेका छन् । मृतक ४९३ थपिएर १ लाख ८१ हजार ९७ पुगेका छन् । 

    दोस्रो स्थानको ब्रजिलमा २१ हजार ४३४ थपिएर कुल संक्रमित ३६ लाख २७ हजार २१७ जना पुगेका छन् । मृतक सोमबार ६७९ थपिएर १ लाख १५ हजार ४५१ पुगेका छन् । 

    चौथो स्थानको रुसमा ४ हजार ७४४ संक्रमित थपिएर कुल ९ लाख ६१ हजार ४९३ पुगेका छन् । मृतक ६५ थपिएर १६ हजार ४४८ पुगेका छन् । 

    पाँचौं दक्षिण अफ्रिकामा १ हजार ६७७ जना संक्रमित थपिएर ६ लाख ११ हजार ४५० पुगेका छन् । मृतक १०० थपिएर १३ हजार १५९ पुगेका छन् । 

    पेरुमा ६ हजार ११२ थपिएर ६ लाख ४३८ संक्रमित पुगेका छन् । मृतक १५० थपिएर २७ हजार ८१३ पुगेका छन् । 

    सातौं मेक्सिकोमा ३ हजार ९४८ संक्रमित थपिएर ५ लाख ६० हजार १६४ पुगेका छन् । मृतक २२६ थपिएर ६० हजार ४८० पुगेका छन् । 

    कोलम्बियामा १० हजार ५४९ जना थपिएर संक्रमित ५ लाख ५१ हजार ६९६ पुगेका छन् । २९६ जना मृतक थपिएर १७ हजार ६१२ पुगेका छन् । 

    नवौं स्पेनमा २ हजार ८० संक्रमित थपिएर ४ लाख २० हजार ८०९ पुगेका छन् । मृतक १२ थपिएर २८ हजार ८७२ पुगेका छन् । 

    दशौं चिलीमा १ हजार ९०३ जना संक्रमित थपिएर ३ लाख ९९ हजार ५६८ पुगेका छन् । मृतक ६४ थपिएर १० हजार ९१६ पुगेका छन् । 

    अन्य थपिएका मृतकमा अर्जेन्टिनामा ३८१, इरानमा १३३, इराकमा ९१, इन्डोनेसियामा ७९, बोलिभियामा ६७ जनाको ज्यान गएको छ । बंगलादेश र साउदी अरेबियामा ४२–४२ थपिएका छन् । 

    सभार हाम्रोकुरा बाट

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ