बिहीबार , वैशाख ५ गते २०८२

काजल अग्रवाललाई भेट्न खोज्दा ६० लाख स्वाहा

काजल अग्रवाललाई भेट्न खोज्दा ६० लाख स्वाहा

अखबार दैनिक
आइतबार, भदौ ७ २०७७
  • काजल अग्रवाललाई भेट्न खोज्दा ६० लाख स्वाहा

    काठमाण्डौं । आफ्ना प्रिय कलाकारप्रति फ्यानको पागलपनको सीमा कतिसम्म हुन्छ, यस्सै एकिन गर्न सकिन्न। उनीहरू आफ्ना प्रिय कलाकारका लागि केके सम्म गर्छन् बेलाबेलामा थरिथरीका फ्यानहरूका अचम्मका किस्सा सार्वजनिक हुने गर्छन्। फेरि एउटा किस्सा सार्वजनिक भएको छ।भारतीय अभिनेत्री काजल अग्रवाललाई भेट्ने लालसामा एक फ्यानले ६० लाख भारू गुमाएका छन्। भारतको रामानाथपुरम निवासी एक प्रशंसक काजललाई भेट्न चाहन्थे। उनको यही कमजोरी टेकेर उनीबाट ६० लाख रूपैयाँ एउटा ठगहरूको समूहले चट्काइदियो। सर्च गर्दा यी फ्यानले इन्टरनेटमा काजललाई मिलाइदिने दाबी गर्ने एक वेबसाइट भेटे। उनले यसलाई सत्य ठाने तर यो साइट ठग्नका लागि बनाइएको थियो। उनी यहि ठगीधन्दाको सिकार भए।

    images

    ECAE398B-DF76-42B3-855C-36DB9F1B4465.jpeg

    यस साइटवालाले सुरूमा काजल भेटाउन ५० हजार मागे। त्यसपछि काजललाई भेट्ने अवसर बढेको भन्दै थप रकम माग्दै गए। जब पैसाको मात्रा बढ्दै गयो तब यसरी पैसा दिने व्यक्तिलाई सो समूहप्रति शंका बढ्यो। उनले त्यसको विरोध गरे। जवाफमा उनीहरूले ती फ्यानको अन्तरंग तस्वीर सार्वजनिक गरिदिने धम्की दिए र उनीबाट थप पैसा असुले।हाल ती फ्यान पुलिसकोमा पुगिसकेका छन्। पुलिसमा उनले किस्ताकिस्ता गरेर सो समूहलाई ६० लाख भारू बुझाएको उल्लेख गरेका छन्। प्रहरीले घटनामा जाँच गर्दै संलग्नहरूलाई पक्राउ गर्न सुरू गरेको छ।

    यो पनि पढ्नुहोस्

    सलमानका ज्वाइँसंग कटरिनाकी बहिनीको रोमान्स, तात्यो बलिउड

    काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेलले बलिउडमा डेब्यु गर्ने चर्चाले अहिले भारतीय सञ्चार माध्ययम तातेको छ।सलमान खानका ज्वाइँ आयुस्मान शर्मासँग बलिउडमा प्रवेश गर्न लागेका खवर अहिले बलिउडमा हट केक बनेर छाएको छ । करन ललित बुटानीले निर्देशन गर्ने भनिएको उक्त चलचित्रको छायाँकन सेप्टेम्बरबाट शुरु हुने बताइएको छ ।ट्रेड अनालिस्ट तरन आर्दशले ट्वीट गर्दै यस विषयको जानकारी दिए । चलचित्रलाई सुनिल जैन, ओमप्रकाश भट्ट, आदित्य जोशी आलोक ठाकुर र सञ्जय शंकरवरले निर्माण गर्नेछन् । एक्सन ड्रामा फिल्म ‘क्वाथा’मा शर्माले प्रहरी अधिकारीको भूमिका निभाउने छन् ।

    395A70D9-A406-4A51-8847-A6A1232D46E5.jpeg

    चलचित्र सन् २०२० मा रिलिज गरिने बताइएको छ । यसअघि इसाबेलले सुरज पञ्चोलीसँग स्टान्ली डिकोस्टाद्वारा निर्देशत टाइम टु डान्सबाट बलिउडमा डेब्यु गर्ने बताइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ