बुधबार, कात्तिक ७ गते २०८२

विद्या भण्डारी चीन गएपछि ओलीसँग सम्बन्ध बिग्रियोः प्रचण्ड

विद्या भण्डारी चीन गएपछि ओलीसँग सम्बन्ध बिग्रियोः प्रचण्ड

अखबार दैनिक
बिहीबार , भदौ १३ २०८२
  • विद्या भण्डारी चीन गएपछि ओलीसँग सम्बन्ध बिग्रियोः प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)भित्रको आन्तरिक राजनीतिबारे टिप्पणी गरेका छन् । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रिएको दाबी गरेका हुन् ।

    विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले चीन भ्रमणअघि ओलीले नै भण्डारीको पार्टी सदस्यता नवीकरण गरेको र राजनीतिमा सहमतिकै आधारमा ल्याउन भनेको दाबी गरे । तर, भण्डारी चीनबाट फर्केपछि ओलीसँग सम्बन्ध बिग्रिएको उनले बताए । अरू कुरामा जादिनँ । उहाँ (भण्डारी) चीन गएपछि सम्बन्ध राम्रो भएन, प्रचण्डले भने ।

    प्रचण्डले विद्या भण्डारीको प्लान बी भन्ने कुरा हल्ला मात्र भएको र आफू र भण्डारीबीच अहिले कुनै सम्पर्क नरहेको स्पष्ट पारे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ