बिहीबार , असोज ३ गते २०८१

उपत्यकामा जताततै प्रहरी चेकिङ

उपत्यकामा जताततै प्रहरी चेकिङ

अखबार दैनिक
बिहीबार , भदौ ४ २०७७
  • उपत्यकामा जताततै प्रहरी चेकिङ

    काठमाडौं, ४ भदौ । निषेधाज्ञा जारी भएसंगै काठमाडौं उपत्यकामा प्रहरी चेकिङ कडा पारिएको छ । पहिलो दिन निषेधाज्ञा तोड्ने करिब एक हजार सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    images

    ट्राफिक महाशाखाका प्रवक्ता एसपी वामदेव गौतमका अनुसार दिउँसो १ बजेसम्ममा ८ सय ९३ वटा सवारी नियन्त्रणमा लिइसकिएको छ।

    उपत्यकाका ४० ठाउँमा प्रहरीले सवारी चेकिङ गरिरहेको छ। अत्यावश्यकबाहेकका सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

    बुधबार रातिदेखि एक साताका लागि तीनवटै कडा निषेधाज्ञा जारी गरिएको छ।

    निषेधाज्ञामा अत्वाश्यक कामबाहेक हिँड्डुल गर्नेलाई कारबाही गरिने एसपी गौतमले बताए।

    यता महानगरीय प्रहरी कार्यालयका अनुसार झण्डै १२ सय जनालाई राजधानीका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको छ।

    उनीहरुलाई सडकमै एक घण्टा उभ्याएर पठाइएको कार्यालयले जनाएको छ।

    उपत्यकाको भित्री गल्लिमा पनि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ