बुधबार, भदौ ५ गते २०८२

युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही छैनः प्रधानमन्त्री

युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही छैनः प्रधानमन्त्री

अखबार दैनिक
बुधबार, भदौ ५ २०८२
  • युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही छैनः प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही नभएको बताएका छन्।

    सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओली यस्तो बताएका हुन् । प्रधानमन्त्री ओली भृकुटीमण्डपमा हिजो सुरु नाडा अटो शोमा सहभागी थिए। नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनीमा विभिन्न मोडलका सवारी साधन सहित उड्ने ट्याक्सी पनि थियो,’उनले भने, ‘युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही छैन।’

    उनले निराशाको खेतीभन्दा पर गएर हेरे प्रगति देख्न सकिने जिकिर गरे। उनले भने, ‘निराशाको खेतीभन्दा पर गएर हेरे प्रगति देख्न सकिन्छ। उद्यमी, व्यवसायी र मेहनतीहरूलाई धन्यवाद।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ