काठमाडौँ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका-६ बस्ने २१ वर्षीय विमल चेपाङ रहेका छन् ।
नाम परिवर्तित ग कुमारीलाई विभिन्न प्रलोभनमा पारेर ललाई फकाई डर त्रासमा पारी गत साउन ३१ गते राति घरमै जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीका अनुसार पीडित नाबालिकाको आफन्तले दिएको जाहेरी दरखास्तको आधारमा करणी आरोपी चेपाङलाई मंगलवार प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गोरखामा उपस्थित गराएको छ ।
पक्राउ परे लगत्तै करणी आरोपी चेपाङलाई जिल्ला अदालत गोरखामा उपस्थित गराई जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट पाँच दिनको म्याद थपी गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।