शुक्रबार, जेठ ४ गते २०८१

नेकपा र कांग्रेसबीच के भयो सहमति ?

नेकपा र कांग्रेसबीच के भयो सहमति ?

अखबार दैनिक
सोमबार, भदौ १ २०७७
  • नेकपा र कांग्रेसबीच के भयो सहमति ?

    काठमाडौं, १ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहमति भएको छ ।

    images

    संवैधानिक निकायमा रिक्त रहेको पदपूर्ति गर्ने विषयमा दुई दलबीच सहमति भएको हो ।

    बालुवाटरमा सोमबार भएको छलफलमा यस्तो सहमति भएको हो ।

    बैठकमा सत्तारुढ दलबाट प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष प्रचण्ड र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए।

    कांग्रेसका तर्फबाट देउवा र नेता रमेश लेखक सहभागी थिए।

    संवैधानिक निकायमा नियुक्तिका लागि कांग्रेस तयार रहेको देउवाले छलफलमा बताएका थिए ।

    यस्तै छलफलमा सभापति देउवाले बाढी पहिरो समस्या, कोरोना संक्रमण तथा नेविसंघका कार्यकर्ताको पक्राउको विषयसमेत बैठकमा उठाएका थिए।

    फाइल तस्बिर

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ