आइतबार, भदौ २ गते २०८२

नख्खु कारागारको ४०० कैदीबन्दी भएको ब्लकमा रहनेछन् रवि

नख्खु कारागारको ४०० कैदीबन्दी भएको ब्लकमा रहनेछन् रवि

अखबार दैनिक
आइतबार, भदौ २ २०८२
  • नख्खु कारागारको ४०० कैदीबन्दी भएको ब्लकमा रहनेछन् रवि

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा स्थानान्तरण भएका छन् । उनलाई ललितपुरको नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा राखिएको छ ।  विगतमा यही ब्लकमा रौतहट विस्फोटका आरोपी अफताब आलमलाई पनि राखिएको थियो । उनी उच्च अदालतले सफाइ दिएपछि थुनाबाहिर छन् । कारागार स्रोतका अनुसार, रविलाई राखिएको ब्लकमा करिब ४ सय कैदीबन्दी राखिएको छ । रविलाई त्यो ब्लकको एउटा छुट्टै कोठामा राख्ने तयारी कारागारको आन्तरिक प्रशासनले गरेको छ ।

    बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नताको आरोपमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछाने ब्लक नम्बर ४ मा थुनिएका थिए । कारागार सरुवाको माग गर्दै उनले दोस्रो पटक बुधबार नख्खु कारागार स्थानान्तरण गर्न निवेदन दिएका थिए ।

    लामिछानेलाई शनिबार हवाइमार्ग हुदै काठमाडौँ ल्याएर नख्खु कारागार पुर्याइएको हो । लामिछानेलाई ल्याउने समयमा नख्खु कारागार अगाडी ठुलो संख्यामा रास्पवाका कार्यकर्ता उपस्थित थिए । उनलाई ललितपुरको नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार