शुक्रबार, साउन १८ गते २०८२

मेरो त भ्रष्टाचारको केस नै होइन, प्रतिशोध साँधियो: माधव नेपाल

मेरो त भ्रष्टाचारको केस नै होइन, प्रतिशोध साँधियो: माधव नेपाल

अखबार दैनिक
शुक्रबार, साउन १८ २०८२
  • मेरो त भ्रष्टाचारको केस नै होइन, प्रतिशोध साँधियो: माधव नेपाल

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिशोध साँध्न आफूलाई मुद्दा लगाइएको दाबी गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले आफूलाई लगाइएको आरोप भ्रष्टाचारको विषय नै नभएको बताए ।

    images

    ‘‘मेरो त भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो । जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन,’’ उनले भने ।

    यो प्रकरण राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको दाबी उनको छ । उनले आफूले जिन्दगीमा एक पैसा पनि तलमाथि नगरेको दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ