राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी छ । बुधवार भैरहवास्थित एक होटलमा रास्वपाले आफ्नो संसदीय दलको बैठक राखेको हो । बैठक दिउँसो १ बजेदेखि जारी छ । बैठकमा समसामयिक राजनीति, आसन्न उपनिर्वाचन र संसदमा पार्टीको भुमिकाबारे स्पष्ट पार्ने बताइएको छ ।
यसअघि रास्वपाले पार्टी सभापति रवि लामिछानेसँग कारागारमा पुगेर भेट गरेको छ । पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराइएको पनि रास्वपाले बताएको छ । न्युज एजेन्सी नेपाल