बुधबार, साउन १६ गते २०८२

यात्रुले विमानलाई बमले उडाइदिने धम्की दिएपछि…

यात्रुले विमानलाई बमले उडाइदिने धम्की दिएपछि…

अखबार दैनिक
सोमबार, साउन १४ २०८२
  • यात्रुले विमानलाई बमले उडाइदिने धम्की दिएपछि…

    स्कटल्यान्डमा एक जना पुरुष पक्राउ परेका छन् । विमान उडिरहेको समयमा उनले ठूलो स्वरमा चिच्याएर विमानलाई बमले उडाएर ध्वस्त पार्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिका कारण ग्लासगो विमानस्थलमा विमान अवतरण गर्ने बित्तिकै उनलाई पक्राउ गरिएको छ ।

    images

    यो घटना लन्डनको लुटन विमानस्थलबाट ग्लासगोका लागि उडेको इजीजेटको उडानमा भएको थियो । सामाजिक सञ्जालमा भाइरल भिडियोमा नाम नखुलाइएका ती व्यक्तिले ‘म विमानमा बम फोडिदिनेछु’, ‘अमेरिका मुर्दावाद’, ‘ट्रम्प मुर्दावाद’ र ‘अल्लाहु अकबर’ भन्दै चिच्याइरहेको देखिन्छ । विमानमा रहेका अर्का यात्रुले उनलाई समातेर भुईँमा पछारेका थिए ।

    विमान ग्लासगो विमानस्थलमा अवतरण गर्ने बित्तिकै प्रहरी ४१ वर्षीय ती पुरुषलाई पक्राउ ग‍रेर हिरासतमा राखेको छ । उनीसँग सोधपुछ भइरहेको छ । ग्लासगो टाइम्सका अनुसार, विमानभित्र रहेका कुनै पनि यात्रु वा विमानको सुरक्षामा कुनै हानि नभएको एयरलाइन्सले बताएको छ । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ