काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारका कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्ति वा पदाधिकारी कानुनी दायरा भन्दा बाहिर नरहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रममा ओलीले ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने राष्ट्रिय सङ्कल्पप्रति दृढ र प्रतिबद्ध रहेको बताएका छन् ।
माओवादी सांसद महेन्द्रबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले कहीँ कतै आर्थिक विचलन र अनुचित व्यवहार देखिएमा कानुन बमोजिम कारबाही भइरहेको र हुने बताए ।
‘भ्रष्टाचार नियन्त्रणका विषयमा ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भन्ने राष्ट्रिय सङ्कल्पप्रति हामी सबै दृढ र प्रतिबद्ध छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘तीनै तहका सरकारका कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्ति वा पदाधिकारी कानुनी दायरा भन्दा बाहिर छैनन्। कहीँ कतै आर्थिक विचलन र अनुचित व्यवहार देखिएमा कानुन बमोजिम कारबाही भइरहेको छ र हुनेछ।’