बुधबार, साउन ९ गते २०८२

जापानी प्रधानमन्त्रीमाथि बढ्यो राजीनामाकाे दबाब

जापानी प्रधानमन्त्रीमाथि बढ्यो राजीनामाकाे दबाब

अखबार दैनिक
बुधबार, साउन ९ २०८२
  • जापानी प्रधानमन्त्रीमाथि बढ्यो राजीनामाकाे दबाब

    एजेन्सी । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले आफूले राजिनामा दिने निर्णय गरेको खबरको खण्डन गरेका छन् । यसअघि सञ्चारमाध्यमहरूले माथिल्लो सदनको निर्वाचनमा पार्टीको हारपछि इशिबाले राजीनामा दिने योजना बनाएको भन्दै खबर छापेका थिए । खबरमा उनले छिटोमा यही महिना राजीनामा दिन सक्ने भनिएको थियो । बुधबार पार्टीको मुख्यालयमा पत्रकारहरूसँग बोल्ने क्रममा उनले भने, ‘मैले कहिले यस्तो अभिव्यक्ति दिएको छैन, सञ्चारमाध्यमले भनेको यो कुरा पूर्णतः निराधार छ ।’

    images

    मंगलबार इशिबा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार सम्झौता सार्वजनिक गरेका थिए । यसले अमेरिका भित्रिने जापानी अटोमा कर घटाउने छ भने अन्य वस्तुमा लगाइने करमा पनि जापानलाई छुट दिनेछ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ