अभिनेत्री प्रियंका कार्की इन्स्टाग्राममा दोस्रो धेरै पछ्याइने नेपाली सेलिब्रेटी बनेकी छन् र उनको फलोअर्स संख्या २० लाख नाघेको छ। गायिका सिम्पल खरेल इन्स्टाग्राममा सबैभन्दा धेरै २३ लाख फलोअर्ससहित पहिलो स्थानमा छिन्। प्रियंकाले आफ्नो फलोअर्स संख्या २ मिलियन पुगेको अवसरमा हिमालय रोडिजको टिमसँग नाचेर खुसी मनाएकी छन् र सामाजिक संजालमा भिडियो सेयर गरेकी छन्।
