बिहीबार , साउन ३ गते २०८२

साम्बा फ्रेन्च क्लब गुइनगाम्पबाट भइन् अलग

साम्बा फ्रेन्च क्लब गुइनगाम्पबाट भइन् अलग

अखबार दैनिक
बिहीबार , साउन ३ २०८२
  • साम्बा फ्रेन्च क्लब गुइनगाम्पबाट भइन् अलग

    फ्रेन्च क्लब एन अभेन्ट गुइनगाम्पबाट नेपाली महिला फुटबल टोलीकी स्टार फरवार्ड साबित्रा भण्डारी ‘साम्बा’ अलग भएकी छन् । उनले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै अब नयाँ सुरुवातका लागि अलग हुने समय आएको बताएकी हुन् ।

    images

    साम्बाले लेखेकी छन्, ‘पछिल्लो दुई वर्षको अद्भुत यात्राको लागि धेरै धन्यवाद। हामीले यात्रा दौरान गरेको प्रगतिमा मलाई सदैव गर्व रहनेछ र यसको अर्थ मेरो करिअरमा विशाल रहनेछ। हामी दुवै नयाँ सुरुवातको अलग हुने समय आएको छ, तर क्लब र समर्थकहरूले मलाई दिएको मायाका लागि म सधैं आभारी रहनेछु। जहाँ भएपनि मेरो समर्थन क्लबलाई रहनेछ।’ साम्बाले अब कुन क्लबबाट खेल्ने भन्नेबारे टुंगो भने लागिसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ