आइतबार, असार ३० गते २०८२

आयुक्त इला शर्माको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

आयुक्त इला शर्माको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

अखबार दैनिक
आइतबार, असार ३० २०८२
  • आयुक्त इला शर्माको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वनिर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

    images

    राष्ट्रपति पौडेलले पत्रकारका रुपमा उहाँले निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दै त्यो सधैँ स्मरणीय हुने बताउनुभएको छ । आज शोक सन्देश जारी गर्दै उहाँले निर्वाचन आयुक्तका रुपमा शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको कुशलतापूर्वक नेतृत्व गर्नुभएको स्मरण गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले स्वर्गीय शर्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ