मंगलबार, असार २५ गते २०८२

बाढीले रसुवागढी भन्सारका सामानमा क्षति

बाढीले रसुवागढी भन्सारका सामानमा क्षति

अखबार दैनिक
मंगलबार, असार २५ २०८२
  • बाढीले रसुवागढी भन्सारका सामानमा क्षति

    काठमाडौं । रसुवागढीमा आएको बाढीका कारण भन्सारमा रहेका मालसामानमा क्षति पुगेको छ । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले एकीन विवरण आइनसके पनि केही मालवस्तु र सवारीसाधनमा क्षति पुगेको जानकारी दिए ।

    images

    ‘रसुवागढीबाट बर्खाको समयमा कम मालसामान आयात हुने हुनाले धेरै थिएन’ उनले भने ‘तर जति थियो, त्यसमा क्षति पुगेको छ ।’ मितेरी पुललगायत रसुवागढीको भन्सार यार्ड पनि बाढीले बगाएको उनले बताए ।

    ‘रसुवागढीमा नयाँ एकीकृत जाँच चौकी बन्दै थियो, त्यो बगाएको छ’ उनले भने । बन्दै गरेको भवनसहित अन्य भौतिक संरचनामा क्षति पुगेको उनले बताए । भन्सारका कर्मचारीहरु भने सुरक्षित छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ