आइतबार, असार २३ गते २०८२

त्रिभुवन विमानस्थल साँघुरो हुँदा यात्रु छिटो आइपुग्छन्, लगेज आउन ढिलो हुन्छ: मन्त्री पाण्डे

त्रिभुवन विमानस्थल साँघुरो हुँदा यात्रु छिटो आइपुग्छन्, लगेज आउन ढिलो हुन्छ: मन्त्री पाण्डे

अखबार दैनिक
आइतबार, असार २३ २०८२
  • त्रिभुवन विमानस्थल साँघुरो हुँदा यात्रु छिटो आइपुग्छन्, लगेज आउन ढिलो हुन्छ: मन्त्री पाण्डे

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताएका छन् । विमानस्थलको क्षेत्र साँघुरो हुँदा विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले मानिसहरू छिट्टै टर्मिनल भवनमा आइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको जस्तो देखिने गरेको बताए । 

    images

    आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले अरू देशमा जहाजबाट उत्रिएर आउन नै समय लाग्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सानो हुँदा तुरुन्तै आइहाल्ने कारण धेरै समय कुर्नुपरेको जस्तो देखिएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने रहेको तर यस वर्ष ९५ लाख यात्रुहरू ओहोरदोहोर गराइसकेको बताए । 

    मन्त्री पाण्डेले मान सरोवर जाने पर्यटकहरूका लागि चिनियाँ दूतावासले भेरिफिकेसन गर्ने भनेर पूर्वसूचना बिनै नयाँ नियम ल्याइएका कारण समस्या आएको जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार