काठमाडौं । जारी एसीसी यू-१६ इस्ट जोन कपमा मलेसियालाई हराउँदै नेपाल फाइनलमा पुगेको छ । विहिबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
मलेसियाले दिएको ९१ रनको लक्ष्य पछाएको नेपालले ११.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको हो। नेपालको लागि परिमार्जन यादवले अविजित ५९ रन बनाए भने शिवांश बजगाईले अविजित २३ रन बनाए ।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    