काठमाडौं । भारतको तेलङ्गानाको संगारेड्डीस्थित पसामिलाराम औद्योगिक क्षेत्रमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । भारतीय मिडिया भास्करका अनुसार केमिकल कारखानामा भएको यस दुर्घटनामा चार जनाको पहिचान भएको र बाँकीको पहिचान गर्ने प्रयास भइरहेको छ ।
यस दुर्घटनामा ३५ जना घाइते भएका हरुको उपचार भइरहेको छ भने २४ जना अझै बेपत्ता रहेको र सबैको खोजी जारी रहेको बताएको छ । यसबाहेक ५७ जना सकुशल फेला परेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटना बारे दुख व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन्( ुतेलङ्गानाको संगारेड्डीमा रहेको एक कारखानामा भएको आगलागी घटनामा मानिसहरूको मृत्यु भएकोमा म दुःखी छु । हाम्रा समवेदना आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।ु मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकको परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार राहत दिने समेत बताएका छन् ।
यसका साथै, बिहार सरकारले बिहारमा बस्ने मृतकका आश्रितहरूलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।