बिहीबार , असोज ३ गते २०८१

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

अखबार दैनिक
आइतबार, साउन १८ २०७७
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

    १८ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए ।

    images

    नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।

    अगष्ट १ भारतीय आयल कर्पाेरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियमको मूल्य बढेर प्राप्त भएकाले स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य बढाइएको निगमको स्पष्टीकरण छ ।

    जुलाई १६ मा प्राप्त मूल्यअनुसार नै निगमलाई पाक्षिक ६ करोड बढी घाटा रहेको प्रवक्ता उपाध्यायले बताए । अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको भाउले निगमलाई हाल पेट्रोलमा एक रुपैयाँ २३ पैसा र डिजेलमा एक रुपैयाँ १५ पैसा घाटा रहेको निगमले जनाएको छ । गत असार २६ गते निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा एक एक रुपैयाँ मूल्य बढाएको थियो ।

    E072AC43-9EBB-4AF2-A189-ABEAD0231CF2.jpeg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ