सोमबार, असार ३ गते २०८२

इजरायल र इरानलाई ‘तत्काल’ तनाव घटाउन चीनको आग्रह

इजरायल र इरानलाई ‘तत्काल’ तनाव घटाउन चीनको आग्रह

अखबार दैनिक
सोमबार, असार ३ २०८२
  • इजरायल र इरानलाई ‘तत्काल’ तनाव घटाउन चीनको आग्रह

    असार २ काठमाडौं । चीनले इजरायल र इरानलाई तनाव कम गर्न कदम चाल्न आग्रह गरेको छ । दुवै देशले एकअर्काविरुद्ध हमला बढाइरहेका बेला चीनले तनाव कम गर्न कदम चाल्न आग्रह गरेको हो ।

    images

    चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार भने, “हामी सबै पक्षलाई तत्काल तनाव कम गर्ने उपाय अपनाउन, मध्यपूर्व क्षेत्रलाई ठूलो अशान्तिमा जानबाट रोक्न र समस्या वार्तामार्फत समाधान गर्ने सही मार्गमा फर्किने अवसर सिर्जना गर्न आग्रह गर्छौं ।”

    उनको भनाइ आउनुभन्दा एकदिन अघि अर्का प्रवक्ताले चीन दुई देशको तनाव कम गर्ने प्रक्रियामा रचनात्मक भूमिका खेल्न इच्छुक रहेको  बताए ।

    उता इरानको विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बाघाईले अमेरिकाले इजरायलले इरानमाथि गरेको हमलाको निन्दा गर्नुपर्ने बताएका छन् । उनले अहिलेको समयमा वार्ता अर्थहीन रहेको बताए । उनले अमेरिका हमलाको पक्षधर भएको पनि आरोप लगाएका छन् । इरानी संसद्ले परमाणु अप्रसार सन्धिबाट हट्ने निर्णय गरे बाध्यकारी निर्णय हुने पनि बताएका छन् ।

    इरानले सधैँ आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि रहेको भन्ने दाबी गरेको छ । तर यो दाबीलाई इजरायलले खारेज गर्दै आएको छ । बीबीसी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ