भारतको केदारनाथबाट गुप्तकाशी जाँदै गरेको एक निजी हेलिकोप्टर आइतबार बिहान भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड नजिकै दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
आर्यन एभिएसनको स्वामित्वमा रहेको उक्त हेलिकोप्टर केदारनाथको हेलिप्याडबाट बिहान करिब ५स्२० बजे उडेको थियो। उडानपछि केहीबेरमै सम्पर्कविहीन भएपछि हेलिकोप्टर ‘हराएको’ घोषणा गरिएको थियो।
उत्तराखण्ड राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ)का निरीक्षक अनिरुद्ध भण्डारीले हेलिकोप्टरमा सवार सातै जनाको ज्यान गएको पुष्टि गरेका छन्।
मृतकहरूमा पाइलट क्याप्टेन राजवीर सिंह चौहान, महाराष्ट्रका ४१ वर्षीय राजकुमार सुरेश जैसवाल, ३५ वर्षीया श्रद्धा राजकुमार जैसवाल, २३ महिनाका काशी, रुद्रप्रयागका ४६ वर्षीय विक्रम, उत्तर प्रदेशको बिजनौर निवासी ६६ वर्षीय विनोद देव र २९ वर्षीया तुष्टि सिंह रहेका छन्।