आइतबार, असार २ गते २०८२

राप्रपाले बहिष्कार गर्‍यो संसद् बैठक

राप्रपाले बहिष्कार गर्‍यो संसद् बैठक

अखबार दैनिक
आइतबार, असार २ २०८२
  • राप्रपाले बहिष्कार गर्‍यो संसद् बैठक

    काठमाडौं । संसद्‌मा बजेटमाथि छलफल चलिरहेको बेलामा राप्रपाका सांसदहरु बैठक बहिष्कार गरेर बाहिरिएका छन् । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले आफ्नो मत राखिरहेको बेलामा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितका सांसदहरु बाहिरिएका हुन् ।

    images

    बहुमतको दम्भ देखाएर संसद् चलाएपछि बैठक बहिष्कार गरेको राप्रपाकी सचेतक विना लामाले बताइन् । “उभिएर बैठक विरोध गरेपछि संसद् नचलाइने परम्परा छ । तर, बहुमतको आधारमा दम्भ देखाएर संसद् चलाइयो । त्यही भएर बहिस्कार गरेका हौँ,” उनले भनिन् ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै उनीहरुले बैठकमा विरोध जनाउँदै आएका छन् । यता, रास्वपा सांसदहरु भने वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ