काठमाडौँ । सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्दागर्दै रोके । त्यसपछि नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद राजेन्द्र पाण्डेलाई बोल्न समय दिए ।
पाण्डेले अर्थमन्त्रीले बजेटका विषयमा महत्त्वपूर्ण भनाइ राख्दा एउटा प्रतिपक्षी दलले नाराबाजी गरिरहेकाले आफूहरूले सुन्न नसकेको बताए । नाराबाजीबिच सदन सञ्चालन गर्दा बजेटबारेको अर्थमन्त्रीको प्रस्ताव खल्लो भएको भन्दै संसद् रोकेर सहमति गरेर सदन चलाउन आग्रह गरे । उनले भने, ‘सभामुखज्यू सभा सञ्चालन गर्ने तपाईँको तरिका ठिक भएन । सदन रोकेर सहमति गरेर सदन सञ्चालन गर्नुस् ।’