बुधबार, वैशाख २६ गते २०८१

चर्चित गायिका पुजा क्षेत्रीको मौलिक तिज गीत कोशेली “के मा चित्त दुख्यो मयालैै, सार्वजनिक – (भिडियो सहित)

चर्चित गायिका पुजा क्षेत्रीको मौलिक तिज गीत कोशेली “के मा चित्त दुख्यो मयालैै, सार्वजनिक – (भिडियो सहित)

अखबार दैनिक
शुक्रबार, साउन ९ २०७७
  • चर्चित गायिका पुजा क्षेत्रीको मौलिक तिज गीत कोशेली “के मा चित्त दुख्यो मयालैै, सार्वजनिक – (भिडियो सहित)
    गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट गीत तिम्रो मायाको अत्याधिक सफलता पछि चर्चित गायिका पुजा क्षेत्रीले यस बर्षको तीजको कोसेली “के मा चित्त दुख्यो मयालै” लिएर आएकी छिन् ।
    हिन्दुहरुको महान पर्व हरितालिका तीजको अवसरमा चर्चित सर्जक शिब हमालको लय तथा शब्दमा बहुप्रतिभाशाली लोकदोहोरी गायक राजु परियार र गायिका पुजा क्षेत्रीको आवजमा रहेको तीज गीत “के मा चित्त दुख्यो मयालै” एक्सिस् मिडिया इन्टरटेन्मेन्ट युटूव च्यानलबाट भर्खरै मात्रै (भिडियो सहित) सार्वजनिक भएको हो ।

    समकालीन कलाकार भन्दा फरक देखिन रुचाउने गायिका क्षेत्रीले कुनै स्टेज कार्यक्रममा मात्र होइन आफ्ना एल्बमहरुमा समेत नेपाली समाज र समय सापेक्ष सन्देश पस्कने गर्दछिन् । मौसम हिमालीको निर्देशनमा लोकदोहोरी गायक तथा मोडल रामजी खाँड र अञ्जली अधिकारीको धमकेदार नृत्य प्रस्तुती रहेको उक्त भिडियोमा अजय रेग्मीले छाँयाकन तथा प्रबिन भट्टको सम्पादन रहेको छ ।
    सुर्खेतमा जन्मिएकी पुजा क्षेत्री हाल काठमाडौंमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । सुन्दरी गायिकाको रुपमा परिचित क्षेत्री गायनमा मात्र होइन, मोडलिङमा पनि उत्तिकै जम्छिन । उनले १६ वटा भन्दा बढि एल्बम बजारमा आईसकेको छ भने २४ भन्दा बढि गीतहरुमा आवाज दिईसकेकी छिन् । उनले मिलन लामा सँग गाएको तिम्रो माया र भुरुरु पुतली उड्यो बोलको गीत पनि चर्चामा रहेको थियो । हरितालिका तीज नेपाली महिला तथा संस्कृतीको सम्बन्ध रहेको हुनाले परम्परा संरक्षण गर्नको लागि आफूले मौलिक गीतलाई प्राथमिकता दिदै आएकोले सांगीतिक यात्रामा अझै अघि बढ्दै जाने र सांगीतिक क्षेत्रलाई निरन्तर अघि बढाउने योजना रहेको बताउछिन् ।
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार