शनिबार, असार १ गते २०८२

अहमदाबादः विमान यात्रु बाहेक थप २४ शव फेला

अहमदाबादः विमान यात्रु बाहेक थप २४ शव फेला

अखबार दैनिक
शुक्रबार, जेठ ३२ २०८२
  • अहमदाबादः विमान यात्रु बाहेक थप २४ शव फेला

    अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाका कारण हालसम्म २६५ को मृत्यु भएको छ । हिजो (बिहीबार जुन १२ तारिख) मा अहमदाबादमा विमान दुर्घटना भएको स्थानबाट हालसम्म २६५ वटा शव निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएको हो ।

    images

    यसअघि बिहीबार मृत्यु पुष्टि भएका २४१ जना चालक दलका सदस्यसहित विमानमा सवार यात्रु थिए भने बाँकी २४ मृतक दुर्घटनास्थलमा रहेका भवनका व्यक्ति हुन्।

    मृतक ५ जना विमान खसेको मेडिकल होस्टेलका हुन्। विमान खस्दा बीजे मेडिकल कलेजको होस्टेलमा ५० भन्दा बढी मानिस थिए। तर होस्टेलमा कति जनाको मृत्यु भयो भन्ने कुरा अझै स्पष्ट छैन। ४ एमबीबीएस विद्यार्थी र एक डाक्टरकी श्रीमतीको मृत्यु भएको रिपोर्ट आएको छ।

    एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर उडान एआई-१७१ बिहीबार दिउँसो १ः३८ बजे अहमदाबादबाट लन्डनका लागि उडेको थियो। त्यसको २ मिनेटमै विमान खसेको थियो। विमानमा चालक दलका १२ सदस्य तथा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानेडियन नागरिकसहित कुल २३० यात्रु थिए। यीमध्ये एक यात्रु मात्र बाँचेका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ