मृत्युलाई जितेका यात्री रमेश विश्वास कुमार भन्छन्, "म विमानबाट हाम फालेको होइन तर सिट सहित विमानबाट बाहिर निस्किएँ। उडानको ३० सेकेन्ड पछि, ठूलो आवाज आयो र त्यसपछि विमान दुर्घटनाग्रस्त भयो। यो सबै धेरै छिटो भयो। दुर्घटना पछि जब म होशमा आएँ, मैले मेरो वरिपरि मृत शरीरहरू देखेँ। म डराएँ। म उठेर दौडें। विमानका टुक्राहरू मेरो वरिपरि छरिएका थिए। कसैले मलाई समातेर एम्बुलेन्समा राख्यो र अस्पताल लग्यो।
