एजेन्सी । टाटा समूहले अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु भएकाहरूका परिवारलाई प्रतिव्यक्ति १ करोड रुपैयाँ दिने घोषणा गरेको छ।
टाटा समूहले घाइतेहरूको उपचारको सम्पूर्ण खर्च कम्पनीले वहन गर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग प्राप्त गर्ने कुरा सुनिश्चित गर्ने पनि बताएको छ। एयर इन्डिया टाटा समूहको कम्पनी हो।