बिहीबार , जेठ ३१ गते २०८२

आजभोलिमै संसद खुल्छ: मन्त्री गुरुङ

आजभोलिमै संसद खुल्छ: मन्त्री गुरुङ

अखबार दैनिक
बुधबार, जेठ ३० २०८२
  • आजभोलिमै संसद खुल्छ: मन्त्री गुरुङ

    सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संसद खुलाउन सत्ता पक्ष र प्रतिपक्ष बीच वृहत छलफल चलिरहेको बताएका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सम्भवतःभोलि बिहीबारसम्ममा संसद खुल्ने आशा व्यक्त गरे ।

    images

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा संसद कहिले खुल्छ भन्ने प्रश्नमा मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

    गृहमन्त्रीको राजीनामा माग गर्नु प्रतिपक्षी दलको अर्थहिन विषय भएको भन्दै उनले एउटा कर्मचारीले गरेको कार्यमा सबै मन्त्रीले राजीनामा दिने स्थीति आउछ भने सरकार चलायमान हुन गाह्रो हुने बताए । “अख्तियारले एउटा कर्मचारी माथी कारवाही सुरु गरेको हो । एउटा कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिदै जाने हो भने देखि सरकार नै चल्दैन”, मन्त्री गुरुङले भने, “गृहमन्त्रीको राजीनामा आउदैन भनेर मैले त्यो बेला नै भनेको थिए । अहिले जसरी संसद अवरुद्ध भइरहेको छ सत्ता पक्ष र प्रतिपक्ष बिचमा लामै छलफल चलिरहेकोछ । अब आज भोलिमा सम्भवत संसद खुल्ने सम्भावना पनि छ ।”

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ