क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत छन्। ९ दिनयता उनलाई त्रिवि शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। जेठ १८ गते भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईँले जानकारी दिए।
