आइतबार, जेठ ६ गते २०८१

नेपालविरूद्ध भारतमा शिर मुण्डनदेखि विभिन्न अपमानजनक व्यवहार भएका दृश्य सामाजिक सन्जालमा पर्चार गराउनेको खोजि शुरू

नेपालविरूद्ध भारतमा शिर मुण्डनदेखि विभिन्न अपमानजनक व्यवहार भएका दृश्य सामाजिक सन्जालमा पर्चार गराउनेको खोजि शुरू

अखबार दैनिक
आइतबार, साउन ४ २०७७
  • नेपालविरूद्ध भारतमा शिर मुण्डनदेखि विभिन्न अपमानजनक व्यवहार भएका दृश्य सामाजिक सन्जालमा पर्चार गराउनेको खोजि शुरू

    ४ साउन, काठमाडौँ । भारतको बनारसमा नेपाली भनिएका एक व्यक्तिको कपाल मुण्डन गर्दै नेपाल र नेपालका प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी गर्न लगाउनेहरुको खोजी प्रहरीले गरिरहेको जनाएको छ ।

    images

    हालै त्यहाँ हिन्दू अतिवादी समूहले गरेको हर्कत्सहितको भिडिओ भाइरल भएपछि प्रहरीले घटनालाई महत्व दिएको हो । यसै विषयलाई लिएर नयाँदिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले पनि उत्तर प्रदेशका मुख्यमन्त्रीसँग कुरा गरेको बताइएको छ । यसले गर्दा नेपाल र भारतबीच सांस्कृतिक र परम्परागत सम्बन्धमा आँच ल्याउने काम भएको टिप्पणी पनि हुन थालेको छ ।

    घटना के भएको थियो ?

    उक्त भिडिओ फुटेज अनुसार हिन्दू संगठनका कार्यकर्ताहरुले नेपाली भनिएका एक वयष्क पुरुषको कपाल मुण्डन गरिदिएका छन् । साथै उनीहरुले नेपाल विरोधी र केपी ओली विरोधी नारावाजी गर्न लगाएका देखिन्छन् । साथै भारत र श्रीरामको पक्षमा नारावाजी गर्न लगाएको भिडिओमा देखिन्छ ।

    हालै राजशेखर झा नामको स्थानीयको ट्वीटरमा लेखिए अनुसार ती व्यक्ति नेपाली नभएर भारतीय धर्मेन्द्र सिंह हुन् । जसलाई पाँच जनाको समूहले एक हजार रुपैयाँ दिएर त्यस्तो काम गर्न लगाएका थिए । घटनापछि संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको र एक जना फरार रहेको राजशेखरले ट्वीटमा लेखेका छन् ।

    बीबीसीका अनुसार उत्तर प्रदेशस्थित वाराणसी प्रहरीका एसपी अमित पाठकले उक्त घटनाको भिडिओ खिची सामाजिक सञ्जालमा फैलाएको आरोपमा चार जनालाई अदालत पेश गरिँदैछ । एक जनाको खोजी कार्य जारी रहेको बताइएको छ ।

    भिडिओमा देखिने व्यक्तिको पूर्ण पहिचान भने अझै खुलिसकेको छैन । उनी नेपाली मूलको भारतीय भएको दावी पनि सामाजिक सञ्जालमा गरिएका छन् । स्थानीय मिडियाका अनुसार ती व्यक्तिलाई पैसा दिएर त्यस्तो काम गराएको थियो ।

    यद्यपि ती व्यक्ति नेपाली हुन् कि हैनन् भनी पहिचान गर्ने काममा स्थानीय नेपाली समुदायका अगुवाहरु पनि लागिपरेको बताइएको छ । कतिपयले उनलाई अवकाशप्राप्त गोर्खा सैनिक भएको दावी गरेका छन् । तर नेपाली नागरिक वा नेपाली मूलको भारतीयमध्ये एक पक्कै भएको भएको अनुमान गरिएको छ ।

    प्रहरीले घटनामा संलग्नहरुलाई कडा कारवाही गर्ने जनाएको छ । उनीहरुले आफ्नो गल्ती स्वीकार गरिसकेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार स्थानीय हिन्दू संगठनले नेपालका प्रधानमन्त्रीको अयोध्याबारे अभिव्यक्ति आएपछि विभिन्न गतिविधि गर्दैआएको छ । नेपालविरोधी गतिविधि गर्ने क्रममा यस्तो हर्कत् गरेको बताइएको छ ।

    तर वाराणसीमा रहेका नेपाली समुदायले यस्ता गतिविधिबाट आफूहरु सुरक्षित रहेको प्रतिक्रिया दिएका छन् । लकडाउनका कारण बाहिर निस्कनु नपर्ने भएकाले असुरक्षा नभएको बीबीसीमा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार